citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

ठुलो इन्जिन र नयाँ डिजाइन सहित नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० लन्च

kumari bank
Prabhu Insurance Long Ad
global bank

नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० भारतमा लन्च गरिएको छ । बाइकमा पहिलेको भन्दा ठुलो इन्जिन, नयाँ डिजाइन, हेडलाइट र इन्स्ट्रयुमेन्ट कन्सोल जडान गरिएको छ । यसका साथै बाइकमा अन्य धेरै परिवर्तन पनि गरिएको छ ।

रोयल इन्फिल्ड स्क्राम ४४० ट्रेल र फोर्स गरी दुई भेरिएन्टमा ल्याइएको छ। यसको ट्रेल भेरिएन्टमा स्पोक ह्विल र ट्युब टायर दिइएको छ भने फोर्स भेरिएन्टमा अलोय ह्विल र ट्युबलेस टायर प्रयोग गरिएको छ ।

सो बाइक कुल ५ कलरमा लन्च गरिएको छ । भारतीय बजारमा नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० ले नयाँ ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स र येज्दी स्क्रयाम्बलरसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० को साइज रोयल इन्फिल्ड स्क्राम ४११ जस्तै छ। यसमा नयाँ एलईडी हेडलाइट, ठुलो इन्धन ट्याङ्की, नयाँ सिट र ट्वीक गरिएको टेल सेक्शन पनि छ ।

बाइकमा ४४३ सीसी, एयर र आयल कुल्ड, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले २५।४ पीएस पावर र ३४ एनएम टर्क उत्पन्न गर्छ । यसको इन्जिन ६ स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

फिचरका लागि स्क्राम ४४० मा नयाँ एलईडी हेडलाइट, नयाँ इन्स्ट्रयुमेन्ट कन्सोल, नयाँ सिंगल पिस सिट, यूएसबी चार्ज पोर्ट, ट्रिपर नेभिगेसन पोड र राउन्ड रियर भ्यू मिरर उपलब्ध छ ।

नयाँ स्क्राम ४४०मा १९० एमएम ह्विल ट्राभलको साथ ४१ एमएमको टेलिस्कोपिक फोर्क र १८० एमएम ह्विल ट्राभलको साथ मोनोशक सस्पेन्सन दिइएको छ । यसको अगाडि ३०० एमएम डिस्क ब्रेक र पछाडि २४० एमएम डिस्क ब्रेक छ।

यसमा ड्युअल च्यानल एबीएस पनि दिइएको छ । बाइकमा १९ इन्चको फ्रन्ट र १७ इन्च रियर ह्विल दिइएको छ जसमा अगाडि १०० सेक्शन र पछाडि १२० सेक्शन ब्लक प्याटर्न टायर प्रयोग गरिएको छ । यसको इन्धन ट्याङ्कीको क्षमता १५ लिटर छ ।

gold
himalayan life insurance long ad