stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

टोयोटा फर्चुनरसंग प्रतिस्पर्धा गर्न एमजीले ल्यायो नयाँ एसयुभी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एमजीले फुल साइजको एसयूभी मजेस्टर देखाएको छ । कम्पनीले भारतमा जारी अटो एक्सपोमा ७ सिट भएको सो एसयुभी देखाएको हो । नयाँ एसयुभीले टोयोटा फर्चुनरसंग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

सो नयाँ एसयुभीको फ्रन्टमा ठूलो साइजको ब्ल्याक आउट ग्रिलमा होरिजेन्टल स्ल्याटहरू दिएको सो नयाँ एसयुभीको फ्रन्ट लुकस मस्कुलर देखिएको छ । साथै ग्रीलको माथि एलईडी डीआरएल, तलको बम्परमा ब्ल्याक क्ल्याडिङ र साइडमा १९ इन्चको ५ स्पोक डायमण्ड कट अलोय ह्वील दिएको छ ।

सो एसयुभीको इन्टेरियरमा ठूलो साइजको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रीन, डिजिटल इन्टुमेन्टल क्लस्टर, वायरलेस फोन चार्जर, १२ स्पीकर सहितको अडियो सिस्टम, इलेक्टीक टेलगेट, प्यानारोमिक सनरुफ, हिटेड कुल्ड तथा मसाज सहितको डाइभर सिट, थ्रीजोन क्लाइमेट कन्टोल, लगायत फिचर रहेको छ ।

सुरक्षाको लागि यो एसयूभीमा लेभर २ एडास, ३६० डिग्री क्यामरा, अटो हेडल्याम्प, अटो वायपर, टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्टीक पार्किड ब्रेक, अटोहोल्ड आदि सुविधा रहेको छ ।

एसयुभीमा २.० लिटरको ट्वीन टर्बो डिजल इन्जिन जाडन गरिएको छ । जसले २१६ हर्स पावर तथा ४७९ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनलाई ८ स्पीडको अटोमेटिक गियरबक्स जोडिएको छ ।

prabhu mahalaxmi
kumari