stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

टोयोटाका पार्ट्स आइसिनले उत्पादन गर्ने

नेपालमा श्री एसटीसी ग्रुपले बिक्री गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

टोयोटाका सवारी साधनमा लाग्ने आफ्टर मार्केट पार्ट्सको उत्पादन अब आइसिन नामक कम्पनीले गर्ने भएको छ ।

भारतमा जारी मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा आइसिनले छुट्टै स्टल राखेर यसको जानकारी प्रदान गरेको छ । सो अवसरमा आइसिनले लुब्रिकेन्ट लगायतका विभिन्न नयाँ उत्पादनको रेन्ज समेत सार्वजनिक गरेको छ ।

भारतमा आइसिनका क्लच, लुब्रिकेन्ट, ब्याट्री, फ्युल पम्प लगायतका विभिन्न पार्ट्स उत्पादन हुने र यहाँबाट भारत सहित नेपाल, श्रीलंका र बंगलादेशमा निर्यात गरिने कम्पनीको भनाइ छ । आइसिनले एएसकेसँगको ज्वाइन्ट भेन्चरमा यी पार्ट्स उत्पादन गर्नेछ ।

नेपालमा एएसकेका उत्पादन पहिले देखि नै श्री एसटीसी ग्रुप अन्तर्गतको कलस अटो इन्टरप्राइजेजले बिक्री वितरण गरिरहेको छ । यस अनुसार आइसिनका उत्पादन समेत कलसले नै बिक्री वितरण गर्नेछ ।

आगामी अप्रिल १ देखि यी उत्पादनको औपचारिक बिक्री वितरण भारतमा शुरु गरिने आइसिन एएसके इन्डिया प्रालिका जनरल म्यानेजर अभिजित डेले बताए ।

लगभग त्यही समय देखि नेपालमा पनि यसको बिक्री वितरण शुरु गरिने कलस अटो इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर लक्ष्मी प्रसाद उप्रेतीले बताए ।

prabhu mahalaxmi
kumari bank
kumari