भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा अटो कर्पले देशभरका प्रमुख शहरहरूमा विभिन्न कार्यक्रमसहित भेस्पा र अप्रिलिया स्कूटरको एक्टिभेशन सम्पन्न गरकोे छ ।
बागमती प्रदेशका मुख्य शहर चितवन जिल्लाको भरतपुर महानगरपालिकाको नारायणघाटमा टेस्ट राइडको आयोजना गरी नारायणघाटदेखि गोलाघाटसम्म स्कुटर र्याली सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी, हेटौंडामा टेस्ट राइडको आयोजना गरी हेटौंडाबाट मकवानपुरगढीसम्म स्कुटर र्याली तथा गण्डकी प्रदेशको नवलपुर जिल्लाको गैंडाकोट र कावासोतीमा समेत टेष्टराइड कार्यक्रम गरिएको थियो ।
पोखरा र बाग्लुङ्ग जस्ता मुख्य शहरहरुमा टेस्टराइड तथा पोखरादेखि धाम्पुससम्म स्कुटर (यालीको आयोजना गरिएको कम्पनी भनाई छ । साथै, लुम्बिनी प्रदेशको बुटवलमा टेस्ट राईडका साथै बुटवलबाट लुम्बिनीसम्म स्कुटर ¥यालीको आयोजना गरिएको थियो ।
उक्त (याली पुग्ने ठाउँमा राईडर्स समुदायहरुका लागि आकर्षक एवम सहभागितामूलक कार्यक्रमहरु आयोजना गरिएको कम्पनीले बताएको छ ।
डेल्टा समूहले यो अवधीमा ट्राफिक प्रहरीहरुको सहभागितामा विभिन्न कलेजहरुमा सचेतनामूलक कार्यक्रमहरु पनि गरेको थियो ।
‘हामीले सञ्चालन गरेको यस्तो खालको कार्यक्रमले ग्राहकहरूको अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रह्यो ।
प्रमुख शहरहरूमा ग्राहकहरूको उत्साहजनक सहभागिताले भेस्पा र अप्रिलिया स्कूटरहरूको उत्कृष्टता र विश्वसनीयतामा थप वृद्धि गरेको छ । हामी आगामी दिनहरूमा अझ रोमाञ्चक अफरहरू ल्याउन प्रतिबद्ध छौं’ कम्पनीका निर्देशकले भने ।