जीरो एमिसन राइड एनले नयाँ स्कुटर ‘विङ्गर’ नेपाल ल्याउँदै

काठमाडौं । इलेक्ट्रिक स्कुटर बजारमा सक्रिय जीरो एमिसन राइड एनले आफ्नो नयाँ मोडल ‘विङ्गर’ सार्वजनिक गर्न लागेको छ ।
चीनमा उत्पादन भएको यो स्कुटर अबको एक हप्ताभित्र नेपाल आउने कम्पनीले जनाएको छ । कम्पनीले हालै फोटोसहित यसको जानकारी सार्वजनिक गर्दै यो मोडललाई ‘बोल्ड र आकर्षक’ डिजाइनमा प्रस्तुत गरेको बताएको छ ।
सारथी इकुटर ब्राण्डको यस स्कुटरमा ३९०० वाटको पावरफुल मोटर जडान गरिएको छ, जसले उत्कृष्ट पर्फर्मेन्स दिनेछ । ७२ भोल्ट ३५ एम्पियर आवर क्षमताको ठूलो ब्याट्री प्याक प्रयोग गरिएकाले एकपटकको फुल चार्जमा यसले करिब १०० किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ ।
यो स्कुटरलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने यसको टप स्पीड ६५ किलोमिटर प्रतिघण्टा रहेको छ । डबल डिस्क ब्रेक र १२ इन्चका टायरले यसलाई अफरोडको लागि पनि सहज बनाएको छ ।
स्कुटरमा डिजिटल डिस्प्ले, एनएफसी कार्ड, एन्टि–थेफ्ट अलार्म, ह्विल लक सिस्टम, रिजनरेटिभ ब्रेकिङ सिस्टमजस्ता अत्याधुनिक फिचरहरू छन् । साथै, इको, कम्फर्ट र स्पोर्ट गरी तीनवटा मोडमा चलाउन सकिने सुविधा उपलब्ध छ ।
जीरो एमिसन राइड एनले विगत ६ वर्षदेखि नेपालमा लुयान ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू बिक्री गर्दै आएको छ । उचित मूल्य, बलियो बिल्ड क्वालिटि, र बिक्रीपछिको उत्कृष्ट सेवाको कारण कम्पनीले नेपाली बजारमा विश्वास जित्न सफल भएको छ ।
कम्पनीको काठमाण्डौं उपत्यकामा मात्र करिब १४ स्थानमा सर्भिस सेन्टर तथा चार्जिङ्ग प्वाइन्ट सँचालनमा रहेको छ भने अधिराज्यभरी करिब १४ शहरहरुमा डिलर नेटवर्क रहेको छ । विङ्गरको आगमनले नेपाली ग्राहकलाई नयाँ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।