citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एमजीले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा ४ नयाँ कार सार्वजनिक गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ जनवरी १७ देखि २२ जनवरीसम्म आयोजित हुँदैछ । उक्त शोमा एमजी मोटर्सले ४ एसयूभी सहित ६ नयाँ एसयूभी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

एमजीले उक्त शोमा एमजी रोडस्टर, एमजी साइबरस्टरका साथै एमजी एम ९ लिमोजिन, आईएमएल ६ सेडान, एमजी ७ ट्रफी स्पोर्ट्स सेडानका साथै विन्डसर ईभी र हेक्टर जस्ता गाडीहरू सार्वजनिक गर्ने भएको छ ।

साथै कम्पनीले ब्याट्री टेक्नोलोजी र ग्राहकहरुका लागि अन्तरक्रियात्मक क्षेत्र पनि प्रदर्शन गर्न गइरहेको छ । एमजी मोटर इन्डियाले भविष्यका सवारीसाधन स्मार्ट प्रविधिले सुसज्जित हुने र वातावरणमैत्री हुने विश्वास लिएको छ।

यी मध्ये सबैभन्दा विशेष एमजी साइबरस्टर हुनेछ। सो स्पोर्ट्स कारले आफ्नो आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनले सबैलाई प्रभावित गर्नेछ। यस बाहेक एमजी एम ९ लिमोजिनले पनि मानिसको ध्यान आकर्षित गर्नेछ ।

आईएमएल ६ सेडान एमजी मोटरको अर्को आकर्षक एसयूभी हुनेछ । सो कार यसको सोलिड स्टेट ब्याट्री प्रविधिको लागि परिचित हुनेछ। सो प्रविधिले ब्याट्रीलाई सुरक्षित र लामो समयसम्म चल्न सक्ने बनाउनेछ । जबकि, एमजी ७ ट्रफी एक स्टाइलिस स्पोर्ट्स सेडान हो, जसमा शक्तिशाली इन्जिन र आधुनिक फिचर रहेको छ ।

एमजी ७ ट्रफी पनि नयाँ क्याबिन र उन्नत कनेक्टिभिटी विकल्पको साथ एक फास्टब्याक स्पोर्ट्स सेडान हो । यसमा एयरोडायनामिक डिजाइन र २.० लिटर टर्बोचार्ज्ड इन्जिन समावेश गरिएको छ । एमजीको हाल सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार विन्डसर ईभी र हेक्टर मिडसाइज एसयूभी पनि प्रदर्शित हुनेछ ।

gold
himalayan life insurance long ad
kumari bank