stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

लन्च भएको पहिलो दिनमै टेस्ला मोडल वाई ‘जुनिपर’ ले पायो ५० हजार युनिट बुकिङ

Nimb long ad
Prabhu Insurance Long Ad

टेस्लाले आफ्नो वहुप्रतिक्षित बिद्युतिय कार मोडल वाई ‘जुनिपर’ लन्च गरेको पहिलो दिनमै ५० हजार युनिट बुकिङ पाएको छ । चिनियाँ बजारलाई प्राथमिकतामा राखेर कम्पनीले सो नयाँ कारलाई अमेरिकामा भन्दा पहिले चीनमा तीनदिन अघि लन्च गरेको थियो ।

सो नयाँ कार विगत लामो समयदेखी चर्चामा रहँदै आएको थियो । टेस्लाको बिक्रीमा सर्बाधिक हिस्सा ओगट्न सफल मोडल वाईको फेसलिफ्ट भर्सन जुनिपरमा साइवरट्रकको जस्तै फ्रन्ट फेसिया राखिएको छ । नयाँ कार पुरानो भर्सनको तुलनामा केही महंगो भएर आएको हो ।

दुई भेरिएन्टमा उपलब्ध यस कारको मुल्य चिनमा ३५ हजार ९५० र ४१ हजार ४०० डलर पर्ने जनाइएको छ । ४०० भोल्ट आर्किटेक्चरमा निर्मााण गरिएको सो नयाँ कार चीनमा रियर ह्विल र फोर ह्विल ड्राइभमा उपलब्ध हुनेछ ।

जसअनुसार, रियर ह्विल ड्राइभ भर्सनमा ६२.५ किलोवाट आवरको एलएफपी ब्याट्री तथा २२० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ५९३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

यसैगरी, अर्को फोर–ह्विल ड्राइभ भर्सनमा ७८.४ किलोवाट आवरको एनएमसी ब्याट्री तथा ३३१ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

यो कारको संयुक्त पावर ४४४ एचपी तथा टर्क ४५० एनएम र रेन्ज ७१९ किलोमिटर दाबी गरिएको छ ।टेस्लाका अन्य मोडलमा जस्तै जुनिपरमा पनि इन्स्ट्रयुमेन्ट क्लस्टर भने उपलब्ध गराइएको छैन ।

कारमा राखिएको १५ इन्चको टचस्क्रिन मार्फत नै कारको स्पिड, गियर र एडास लगायत फिचरबारे जानकारी लिन सकिन्छ ।

prabhu mahalaxmi
kumari