sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

दिपल ईभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नयाँवर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदरमै दिपलका ईभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभी प्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक ईभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउन सक्ने जनाइएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन, निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै उत्कृष्ट रिकन्डिसन हाउसहरु मार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउनेछन् ।

सन् २०२४ मा नेपालमा दिपल ईभीले चुमेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजना अघि सारिएको हो ।

कम्पनीका अनुसार दिपल एस ०७ र दिपलएल ०७ मा १५ भन्दा बढी ‘फस्ट टाइम इन नेपाल’ फिचर छन्, जसले यी ईभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको इभी बनाएको छ ।

यसमा सन फ्लावर टच स्क्रिन, अग्मेन्टेड रियालिटी हेड–अप–डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन् ।

क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण चर्चित दिपल ईभीले छोटो समयमै नेपालमा सात सय युनिटभन्दा बढी बिक्री पाइसकेको कम्पनी दाबी छ ।

gold
prabhu bank
nawakantipur long