stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८ गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गर्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ ।

चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकालले आफुले पठाएको रकम रू ४१,९०९/– को १८ गुणा गरेर रू ७,५४,३६२/– जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ गतेदेखि मङ्सिर ३० गतेसम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने १८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

prabhu mahalaxmi
kumari