सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८ गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गर्यो
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ ।
चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकालले आफुले पठाएको रकम रू ४१,९०९/– को १८ गुणा गरेर रू ७,५४,३६२/– जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ गतेदेखि मङ्सिर ३० गतेसम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने १८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।