citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

जेएमईभीको नयाँ ईभी ट्याक्सी नेपाल आउँदै, मूल्य कति ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । केही समयअघि मात्र नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड जेएमईभीको ईभी ट्याक्सी नेपाल आउने भएको छ । उक्त ब्रान्डको ईभीईजी मोडल नेपाल आउन लागेको हो ।

जेएमईभीको ट्याक्सी भर्सन नेपाल आउन लागेको जानकारी भन्सार प्रयोजनका लागि प्रकाशित अधिकतम खुद्रा मुल्यमार्फत पुष्टि भएको हो । आधिकारिक वितरक सरिना जी ट्रेडर्सले भन्सार प्रायोजनका लागि यसको अधिकतम खुद्रा मुल्य ४२ लाख निर्धारण गरेको छ ।

जेएमईभीको सेडान कार जीएसईलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याउन लागेकोे हो ।

नेपाल आउन लागेको सो नयाँ ईभीमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने रेन्ज ४३० किलोमिटर दिने उल्लेख गरिएको छ ।

कारमा  कुन साइजको ब्याट्री प्रयोग  गरिएको छ र फिचर के–कस्ता छन् भन्ने विषय  खुलाइएको छैन । सो वारेमा औपचारिक जानकारी छिट्टै नै सार्वजनिक गर्ने सरिना जी ट्रेडर्सले बताएको छ ।

जेएमईभी सन् २०१५ मा स्थापना भएको चीनको उद्योग र सुचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनी हो ।

हाल यो कम्पनीमा फ्रेन्च अटो निर्माता रेनोको ५० प्रतिशत हिस्सा रहेको छ । यो कम्पनीले उत्पादन गर्ने कार लक्जरी र पर्फमेन्सका हिसावले उत्कृष्ट मानिन्छ ।

gold
himalayan life insurance long ad