stcnepal long ad
ime life insurance
global ime bank long

लिपमोटर सी १० गाडी नेपालगन्जमा सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । साङ्ग्रिला मोटर्सले लिपमोटरको प्रमुख मोडल सी १० गाडीलाई नेपालगन्जमा भव्य समारोह सहित सार्वजनिक गरेको छ।

आधिकारिक डिलरशिपद्वारा आयोजना गरिएको उक्त कार्यक्रम मार्फत नेपालका इलेक्ट्रिक गाडी बजारको परिवर्तनमा लिपमोटरको प्रतिबद्धता व्यक्त गरिएको कम्पनीको भनाइ छ ।

उक्त कार्यक्रम पुस १५ गते सिद्धार्थ होटेलमा शुभ लाभ इन्टरप्राइजेज, नेपालगन्जले आयोजना गरेको थियो । कार्यक्रममा पाँच वटा लिपमोटर सी १० गाडीहरू ग्राहकहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लिपमोटर सी१० अब नेपालगन्जका ग्राहकहरूको लागि उपलब्ध हुनेछ र बुकिङ समेत आधिकारिक रूपमा खोलिएको छ।

सो मोडल वातावरणमैत्री ग्राहकहरूको लागि डिजाइन गरिएको छ, जसले परिष्कृत र दिगो भविष्यलाई सोचेर बनाइएको छ।

यसको अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ, जुन इलेक्ट्रिक सवारीमै आफ्नो भविष्य सजाउनेहरूको अत्यन्तै राम्रो छ।

साङ्ग्रिला मोटर्स नेपालको प्रतिष्ठित घराना गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ। सो कम्पनी २०१७ देखि प्यूजो, २०२१ देखि सिट्रोन र हाल लिपमोटरको एक मात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।

अर्गनाइजेसन नेपालमा विश्व स्तरीय मोटर ब्रान्डहरू ल्याउन र नेपालीहरुलाई विश्व स्तरको सुविधा प्रदान गर्नको लागि सधैं प्रतिबद्ध छ।

यो माइलस्टोन नेपालमा इलेक्ट्रिक गाडीहरूको बढ्दो माग र साङ्ग्रिला मोटर्सको विश्व स्तरीय विद्युतीय सवारीको सेवा, सुविधा प्रदान गर्ने प्रतिबद्धता अनुरुप छ।

नेपालगन्जका ग्राहकहरूका लागि लिपमोटर सी१० अब शुभ लाभ इन्टरप्राइजेज, नेपालगन्ज आधिकारिक डिलरशिपमा उपलब्ध छ ।

prabhu mahalaxmi
kumari