citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

टाटा, एमजी र महिन्द्रा ईभीमा ३ लाख भारुसम्म छुट, यस्तो छ कारण

kumari bank
Prabhu Insurance Long Ad
global bank

भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष २०२४ को अन्तिममा स्टक क्लिरियन्स गर्न भन्दै यि तिन कम्पनीले ३ लाख १० हजार भारु सम्म छुट दिने योजना ल्याएका हुन् ।

भारतमा पछिल्लो समय ईभीको बिक्री कम हुँदै गएपछि आफूसंग भएको स्टक सल्टाउनुपर्ने बाध्यतामा यी तीनवटै कम्पनी छन् । जसअनुसार, टाटाले टियागो ईभीको २०२४ मोडलमै १ लाख १० हजार भारु छुट दिएको छ ।

यसैगरी, टाटाले २०२३ मोडलको टियागो र टिगोर ईभीमा २ लाख भारु हाराहारी छुट दिएको छ । यस्तै, अर्को ईभी नेक्सनको २०२३ मोडलमा ३ लाख भारुसम्म छुट दिएको टाटा मोटर्सले पन्च ईभीमा भने ७० हजारसम्म छुट दिएको छ ।

महिन्द्राले आफ्नो ईभी एक्सयुभी ४०० मा ३ लाख १० हजार भारुसम्म छुट दिएको जनाइएको छ । यसैगरी, एमजी कोमेटरमा २५ हजार भारुसम्म र जेडएस ईभीमा २ लाख २५ हजार भारुसम्म छुट दिएर बिक्री गरिएको छ । हालै लन्च भएको विन्ड्सर ईभीमा भने एमजीले कुनै छुट नदिएको जनाइएको छ ।

gold
himalayan life insurance long ad