होन्डा, टीभीएस र सुजुकीका नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी
काठमाडौं । होन्डा, टीभीएस र सुजुकी कम्पनीले सन् २०२५ मा भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी गरिरहेका छन् ।
हाल यी कम्पनीहरूले नयाँ इलेक्ट्रिक स्कुटरमा काम गरिरहेका छन् । सो स्कुटर भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
होन्डा एक्टिभा ईभी
होन्डा मोटर्सले २०२५ मा भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरिरहेको छ। सो इलेक्ट्रिक स्कुटर होन्डा एक्टिभा ईभी हुन सक्ने अनुमान गरिएको छ ।
यसमा डिजिटल टचस्क्रिन इन्स्ट्रयुमेन्टल कन्सोल, किलेस स्टार्ट र स्टप फिचर हुन सक्ने सम्भावना छ । यसले फुल चार्जमा १०० किलोमिटरभन्दा बढीको रेन्ज दिनेछ।
टीभीएस जुपिटर ईभी
टीभीएसले आगामी ६ महिनामा भारतमा दुईवटा इलेक्ट्रिक सवारीसाधन लन्च गर्ने योजना बनाएको छ । रिपोर्टका अनुसार कम्पनीले बीटुबी बजारको लागि इलेक्ट्रिक स्कुटर र टीभीएस जुपिटरको इलेक्ट्रिक संस्करण लन्च गर्नेछ । सो स्कुटरले फुल चार्जमा ७० देखि ८० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ ।
सुजुकी बर्गम्यान ईभी
सुजुकीले सन् २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर बर्गम्यान ईभी लन्च गर्नेछ । रिपोर्टका अनुसार सुजुकीले बर्गम्यान ईभीका लागि वार्षिक २५ हजार युनिट बिक्री गर्ने लक्ष्य पनि राखेको छ ।
यसमा डिटेच गर्न मिल्ने ब्याट्रीको सट्टा फिक्स्ड ब्याट्री प्याक हुनेछ । साथै यसमा अत्याधुनिक फिचर पनि हुनेछ ।