stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपालको पहिलो अफ–रोडर एसयूभी जेइको जेसिक्स सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं। एसपिजि अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ।

ओमोडा एन्ड जेइको नेपालका कन्ट्रि डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भयो भने अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथीहरू, मिडिया तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिती रह्यो।

नेपाली बजारमा इलेक्ट्रिक एसयुभि ओमोडा इफाइभले सफलता पाएपछि, एसपिजि अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ–रोडर एसयुभि नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो। इभि तथा गाडी पारखीमाझ यस एसयुभिले छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको छ।

हालसालै धुलिखेलस्थित डर्ट(टेम्पल अफ(रोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेइको जेसिक्सले आफुलाई एक उत्कृष्ट अफ–रोडर इलेक्ट्रिक एसयुभिको रूपमा स्थापित र प्रमाणित गरेको छ।

यसको २०० मिलिमिटरको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफ(रोडमा उत्कृष्ट प्रदर्शन गर्छ र चालकलाई बलियो आत्मविश्वास र सुरक्षाको अनुभुती दिलाउँछ।

जेइको जेसिक्सले उत्कृष्ट रगेड डिजाइन तथा व्यवहार–उपयोगी विशेषताहरू प्रदान गर्दछ। जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग रहेको छ जुन अन्य एसयुभिहरूमा प्राय पाइँदैन। जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिन्छ।

जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागहरूमा, टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ ।

एक्स्ट्रिम यु(टर्न गर्ने बेलामा गाडीको ‘अल(टरेन् मोड’ एक्टिभेट हुन्छ जसद्वारा टर्निङ रेडियस ५।७ मिटरबाट ४।५ मिटरमा घट्छ।

स्लोप, लो–ट्र्याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेट अनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्दछ। साथै स्लो क्रलिङको लागि थ्रोटल र ब्रेकलाई कन्ट्रोल गरी टार्गेट स्पिङ कायम गर्दछ र अफ–रोडमा भरपर्दो अनुभव प्रदान गर्दछ ।

साथै जेसिक्सको ‘वाटर वेडिङ’ क्षमता पनि उत्कृष्ट रहेको छ । यसको वायर हार्नेस कनेक्टर ‘आइपि सिक्सटि सेभेन’ रेटिङमा प्रमाणित रहेको छ भने ब्याट्रि ‘आइपिएक्स एट’ र ‘आइपिएक्स नाइन’ को रेटिङ प्रमाणित रहेको छ। जसले गर्दा ६०० मिलिमिटरको अधिकतम वाटर–वेडिङ डेप्थ प्रदान गर्छ।

यही वेडिङ क्षमताले पानी, हिउँ, हिलो, ग्राभल वा जुनसुकै परिस्थितिमा पनि सहज ड्राइभिङ अनुभव कायम गर्दछ। यस गाडीको अरू विशेषतामा ‘मोटर(ड्रिभन’ चार्जिङ पोर्ट र सुन्दर डिजाइनको ‘थ्रि(स्पोक’ स्टेयरिङ ह्विल पर्दछ ।

यसको सेन्टर कन्सोलमा कप होल्डरहरू एडजस्ट गर्न सकिने र फ्लेक्सिबल छन् । साथै, एउटा उत्कृष्ट विशेषतामा वायरलेस फोन चार्जिङ एरिया पर्दछ जसमा मोबाइल डिभाइसलाई तापक्रम ‘कुल’ राख्नका लागि भेन्टिलेसन सिस्टम पनि समावेश गरिएको छ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटड, ओमोडा इन्ड जेइको को लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो।

 

prabhu mahalaxmi
kumari