sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

टिभिएस रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटरको फ्युल इन्जेक्सन भेरियन्ट नेपालमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्याति प्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन (एफआइ) नेपालमा सार्वजनिक गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटरको फ्युल इन्जेक्सन भेरियन्ट सार्वजनिक गरेको हो ।

सोही क्रममा टिभिएस मोटर कम्पनीका उपाध्यक्ष, राहुल नायकले मिलेनियल र डिजिटलाइजेसनमा निर्भर जेन जी ग्राहकहरुको लागी स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा नयाँ शैली र नयाँ सुविधायुक्त, आउने पिडिलाई उपयुक्त हुनेगरी आफ्नो उत्पादनहरु अघि बढाएको बताए ।

उनले भने, ‘हामी हाम्रो मिलेनियल र डिजीटलाइजेसनमा निर्भर जेन जी ग्राहकहरुको लागी स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त, आउने पिडिलाई उपयुक्त हुनेगरी आफ्नो उत्पादनहरु अघि बढाउँछौ ।

नेपाल सधैं हाम्रो लागि एउटा मूल्य व्यापार केन्द्र रहेको छ र टिभीएस राइडर (एफआइ), टिभीएस एनटर्क (एफआइ) र टिभिएस रेडिआन (एफआइ) को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौ।

यी नयाँ मोडेलहरूको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले हाम्रो नवीनता प्रति प्रतिबद्धता देखाउँछ । यो विशेष रूपमा रोमाञ्चकता, आराम, र आधुनिक सवारी अनुभव खोज्ने राइडरहरूको लागि बनाइएको साधन हो ।’

यस्तै, जगदम्बा मोटर्स प्रा. लि.का कार्यकारी निर्देशक अखिल गुप्ताले टिभिएस मोटरले सधैं नेपाली ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उत्पादनहरू प्रस्तुत गरेको भन्दै ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए ।

उनले भने, ‘नेपालमा विगत ९ वर्षदेखि टिभिएस मोटर कम्पनीका आधिकारिक वितरकको रूपमा हामी फेरि ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुसी छौं । टिभिएस मोटरले सधैं हाम्रा नेपाली ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उत्पादनहरू प्रस्तुत गरेको छ । ्

हामीलाई विश्वास छ, हाम्रा ग्राहकहरुलाई यी नयाँ भेरियन्टहरूले चित्त बुझ्नेछ र यसको प्रस्तुतिले नेपालमा टिभिएस कम्पनीको पकड अझ मजबुत पार्नेछ ।

नयाँ भेरियन्टहरू सबै उत्साहीहरुको पक्कै पनि मन जित्नेछ र सवारी अनुभवलाई सबैभन्दा राम्रो बनाउनेछ ।’

gold
nawakantipur long