stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

टिभिएस एन्टर्क ओनर्स ग्रुप (एनओजी) राइडको दोस्रो च्याप्टर सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  ।  टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ ।

जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बानेश्वर शोरूमबाट शुरु भएर ह्वाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको थियो ।

उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथमा सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको बानेश्वर शोरुमका ओनर श्रीकृष्ण थापाले सबै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

टिभिएसकी प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु थियो ।

उक्त राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

यो राइडले टिभिएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा मात्र नभई एनटर्क ओनर ग्रुपका राइडरहरू बीचको सद्भावलाई पनि बलियो बनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari