citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विलिङको बिंगो मोडल नेपाली बजारमा सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्यारामाउन्ट मोटर्सले विलिङको बिंगो मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । प्यारामाउन्ट मोटर्सले चिनियाँ लगानीको इन्डोनेसियाली ब्रान्ड विलिङको बिंगो नेपाली बजारमा बिक्री गर्ने भएको हो ।

कम्पनीले बिंगोको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । हचब्याग सेगमेन्टको बिंगोमा ३१.९ किलोवाट आवर ब्याट्री छ ।

एक पटकको चार्जमा ३३३ किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ । यसको मोटर पावर ४९ किलोवाट छ भने गाडीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ।

उत्पादन भएको ६ महिनामै डेढ लाख गाडी बिक्री भइसकेको कम्पनीले बताएको छ । बिंगोमा कम्पनीले ८ वर्ष वा १ लाख २० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ ।

himalayan life insurance
igi long