citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लाइफ टाइम ब्याट्री ग्यारेन्टी टिभिएस आइक्यूब ३ लाखमा पाइने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध छ । टीभीएस आइक्यूब अब २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्न सकिने भएको छ ।

कम्पनीले टीभीएस आइक्यूबको बेस भेरियन्ट स्कुटर २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्दा लाइफ टाइम ब्याट्री वारेन्टी दिने स्कीम सार्वजनिक गरेको हो ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले लाइफ टाइम ब्याट्री एसोरेन्स प्लान सार्वजनिक गरेको हो ।

यस बारेमा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक  अखिल गुप्तालेले भने, ‘हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छौँ । हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ ।

ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा १ लाख ३५ हजार रुपैयाँ बचत गर्न सफल हुनेछन् ।

पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३०० लिटरलेकम गर्नेछन्र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजीले घटाउनेछन्जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो ।’

यस्तो छ आइक्यूब

भीएस आइक्यूबमा ३.४ किलोवाट आवरको लिथियम आयन ब्याट्री रहेको छ । यो ब्याट्रलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

यो एक पटक चार्ज गर्दा ४ घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ  आइक्यूबमा ४.६३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिघण्टा रहेको छ ।

 

himalayan life insurance
igi long