citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

यामाहाद्वारा एफजेडमा दश वर्षको वारेन्टी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । यामाहाले नेपालमा सर्वप्रथम फ्युल इन्जेक्सन (एफआई) प्रविधि अङ्गीकार गरेको १५ औँ वर्ष पूरा भएको छ। यस उपलब्धिलाई मनाउन र आफ्ना उत्पादनहरूप्रतिको विश्वास उजागर गर्नका लागि यामाहाले एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको वारेन्टी उपलब्ध गराएको छ।

यस्तो व्यापक स्तरको वारेन्टी नेपालमा कुनै पनि दुई पाङ्ग्रे सवारी कम्पनीले पहिलो पटक प्रदान गरेको हो।

फ्युल इन्जेक्शन टेक्नोलोजीले मोटरसाइकलको दुनियाँमा क्रान्तिकारी परिवर्तन गरेको कम्पनीको भनाई छ। यसले राइडरहरूलाई सुधारिएको इन्धन दक्षता र सहज कार्यसम्पादन प्रदान गर्दै प्रदूषण समेत घटाएको छ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेज लिमिटेडका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले भने, ‘यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रा समर्पित ग्राहकहरूलाई यो खुसी र सन्तुष्टि प्रदान गर्न पाउँदा गौरवान्वित छौँ।’

 

gold
himalayan life insurance long ad