sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मङ्गलबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो ।

साझा यातायातले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको सुरुवात गरेको हो । चार्जिङ स्टेसनसहित मङ्गलबार नै ४० वटा विद्युतीय बस पनि औपचारिक रूपमा सञ्चालनमा आएका छन् ।

साझा यातायातले आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिनुभयो ।

उहाँले अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने बताउनु भयो ।

उहाँले एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २ सय किलोमिटरसम्म गुड्नसक्ने बताउनु भयो । उहाँले १.१ मेगावाट क्षमताका २४ वटा समानान्तर चार्जिङ पाइन्ट रहेको बताउनुभयो । उहाँले अब आउने विद्युतीय साझा बसको लागि साझासँग स्थान नभएको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौँ महानगरपछि ललितपुर महानगरपालिकाको धेरै लगानी भएको बताउनुभयो ।

उहाँले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्री कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको बताउनुभयो ।

उहाँले ४५ सिट भएका सटलबस पुल्चोक,पाटन दबार,महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन गइरहेको बताउनुभयो । सटलबस सञ्चालनमा लाग्ने खर्च बिइपीमा हुनुपर्ने नभए ललितपुर महानगरपालिकाले सहयोग गर्ने उहाँको भनाइ छ ।

साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो ।

gold
prabhu bank
nawakantipur long