stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौ उपत्यकामा लुयान इलेक्ट्रिक स्कुटरको सात ठाउँमा सर्भिस सेन्टर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर काठमाडौ, भक्तपुर र ललितपुरमा ७ ठाउँमा सञ्चालनमा आएको छ ।

चीनमा आजभन्दा करिब २७ बर्ष पहिले लुयान ब्राण्डले इलेक्ट्रिक स्कुटर उत्पादन शुरु गरेको हो । नेपालमा जीरो इमिसन राइड एनले लुयानको स्कुटर बेच्न थालेको पनि ५ बर्ष भएको छ ।

यो समयअवधिमा नेपालमा लुयानले सयौं इलेक्ट्रिक स्कुटरहरु बेचिसकेको छ । जसका लागि आवश्यक स्पेयर पार्ट्स सँगसँगै सर्भिस सेन्टरको पनि राम्रो व्यवस्था गरेको छ ।

काठमाण्डौं उपत्यका बाहेकका अन्य प्रमुख शहरहरुमा पनि लुयानको सर्भिस सेन्टर सहितका शोरुमहरु सँचालनमा रहेका छन् ।

सवारीसाधनमा बिक्रिपछिको सेवा महत्वपुर्ण हुने हुनाले यस्तो व्यवस्था मिलाइएको जीरो इमिसनका निर्देशक दुर्वास नगरकोटीले बताउनुभएको छ ।

उहाँका अनुसार काठमाण्डौं उपत्यकाका ७ वटै सर्भिस सेन्टर मध्ये ग्राहकहरुले आफुलाई पायक पर्ने सर्भिस सेन्टरबाट स्कुटरको सर्भिस तथा मर्मतको सेवा लिन सक्नेछन् ।

निर्देशक नगरकोटीका अनुसार ती सात वटै सर्भिस सेन्टरमा चार्जिङ्ग सुविधा पनि रहेकाले आवश्यक परेको खण्डमा ग्राहकहरुले आफ्ना स्कुटरहरु चार्ज समेत गर्न सक्नेछन् ।

हाल नेपालमा खुलेका विभिन्न इलेक्ट्रिक स्कुटरको ब्राण्डहरुमध्ये लुयान धेरैले रुचाइएको ब्राण्ड बन्न सफल भएको छ ।

IME Lifesidebar
kumari