citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

२० वर्ष पुगिसकेका सवारी नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सिजी मोटर्स प्रालिले विद्युतीय सवारी साधन ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।

काठमाडौं उपत्यका लक्षित गरी मेगा एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पुराना सवारी साधनको न्यूनतम मूल्याङ्कन ४ लाखको रहने छ ।

‘स्विच टु द प्योर ईभी’ नारा दिइएको एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य ‘नेटा भि’ को प्रवर्द्धन गर्नु मात्र नभई पुराना प्रदूषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको कम्पनीले जनाएको छ ।

नेटा भि गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारेन्टी रहेको छ । यसका साथै यसमा रहेको ‘एचईपीटी २।०’ प्रविधिले ब्याट्रीलाई तात्न वा बढी चिसो हुन दिँदैन । नेटा भी हाल नयाँ ५० किवा को एलएफपी ब्याट्रीसहित शोरुमहरुमा उपलब्ध छ ।

himalayan life insurance
igi long