citizens life insurance long ad

नेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै सिट्रोन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी थ्रीलाई केही समय अगाडि नेपालमा ल्याएको थियो ।

अहिले नेपाली बजारमा हाइ रेन्जदेखि लो रेन्जसम्मको इलेक्ट्रिक गाडीहरु पर्याप्त उपलब्ध छन् । यस्तो अबस्थामा सिट्रोन ई–सी थ्री मिड रेन्ज कम्प्याक्ट एसयुभीको पर्फेक्ट विकल्प बनेर नेपाली बजारमा आएको छ ।

सिट्रोन ई–सी थ्रीको आगमनसँगै नेपाली अटोमोटिभ क्षेत्रमा एक किसिमको तरङ्ग आएको छ । सिट्रोन ई–सी थ्रीले यसै वर्ष न्युयोर्कमा आयोजित न्युयोर्क अटो शोको १९औँ वल्र्ड कार अवार्ड समारोहमा वल्र्ड अर्बन कार अफ द इयर २०२३ जित्न सफल भएको थियो ।

२९.२ किलोवाट क्षमताको ब्याट्री भएको यस सिट्रोन ई–सी थ्रीपूर्ण रुपमाडिसी फास्ट चार्जिङ प्रदान गर्ने यस सेगमेन्टकै पहिलो गाडी हो ।

रिजेनेरेटिभ ब्रेकिङको साथआउने यस विद्युतीय गाडीमा हरेक पटक ब्रेक लगाउँदा अटोम्या टिकल्ली चार्ज हुन्छ । त्यसैगरी फुल्ली अटोम्याटिक ड्राइभ फिचर भएको यस सिट्रोन ई–सी थ्रीमा ई–टगल र अटोम्याटिक गियरबक्स पनि उपलब्ध रहेको छ।

विद्युतीय गाडी किन्दाहाम्रो दिमागमा सबैभन्दा पहिला आउने प्रश्न भनेको यसले दिने रेन्जहो । यो प्रश्नलाई सिट्रोन ई–सी थ्रीले चित्तबुझ्ने गरि सम्बोधन गरेको छ ।

कम्पनीका अनुसार गाडीले सिङ्गलचार्जमा ३२० किलोमिटरको (एमआइडिसि साइकल अनुसार) रेन्ज दिन्छ भने ब्याट्री पनिजम्मा ५६ मिनेटमा नै ०% देखि ८०% सम्म चार्ज हुन्छ ।

सुरक्षाको मामिलामा पनि सिट्रोन ई–सी थ्रीमा केहीकमी नरहेको कम्पनीको दाबी छ। एबिएस, इएसपी र मल्टिपल एयरब्यागहरू सहित उपलब्ध यस आकर्षक गाडी वास्तवमा नै डिजाइन, सेफ्टी र रेन्ज सबै कुरामा अगाडि छ ।

क्याबिन र सिटहरू पनि फराकिलो रआरामदायक रहेको यस सिट्रोन ई–सी थ्रीमा २६ सेन्टिमिटरको सिट्रोन कनेक्ट टचस्क्रिन डिस्प्ले, वायरलेस स्क्रिन मिररिङ र सिमलेस स्मार्टफोन कनेक्टिभिटी पनि उपलब्ध छ ।

वारेन्टीको कुरा गर्नुपर्दा गाडीमा ३ वर्ष अथवा १२५,००० किलोमिटरको वारेन्टी दिइएको छ भने ब्याट्रीमा ७वर्ष अथवा १४०,००० किलोमिटरको वारेन्टी प्रदान गरिएको छ ।

त्यसैगरी मोटरमा भने ५ वर्ष अथवा १००,००० किलोमिटरको वारेन्टी रहेको छ । साथमा किलोमिटरको दुरीसम्मभने गाडीको नै वारेन्टी कम्पनीले प्रदान गर्दछ ।

भर्खरै सिट्रोन ई–सी थ्री किन्नु भएको डीडी सेक्युरिटी सर्भिस प्रा. लि.का कार्यकारी निर्देशक मनोहर कोइराला भन्नुहुन्छ, “जब म पेट्रोल गाडीबाट सिट्रोन ई–सी थ्रीमा स्वीच गरेँ, मेरो पुरै ड्राइभिङ एक्सपिरिएन्स नै परिवर्तन भयो ।

यो भन्दा अगाडि मलाई काठमाडौँको रोडहरू नेभिगेट गर्न यस्तो सजिलोकहिल्यै भएको थिएन । मेन्टेनेन्स र चार्जमाखर्च त कमभयो नै, मेरो मासिक खर्चहरू पनि कम हुँदै गएको छ ।

जब–जब म सिट्रोन ई–सी थ्री चलाउँछु, मैले मेरो लागि मात्र नभएर दिगो भविष्यको लागि पनि सही निर्णय गरेछु भन्ने लाग्छ ।”

रेन्ज, ब्याट्री, डिजाइन सबैमाउत्कृष्ट सिट्रोन ई–सी थ्रीखरिद गर्न पनिउत्तिकै सजिलो छ।जम्मा २०% डाउन पेमेन्टमा तपाइले यस गाडीलाई आफ्नो बनाउन सक्नु हुनेछ भने बाँकी ८०% भुक्तानीको लागि ९.४९% ब्याज दरमा ७ वर्षको बैँक ऋण उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

आजभोलि अधिकांश ग्राहकहरू इलेक्ट्रिक गाडी तर्फ आकर्षित हुँदै गएको अबस्था छ । यसले वातावरण र देशको दिगोपना प्रतिको प्रतिबद्धतालाई नयाँ उचाइ दिएको छ । कम्पनीअनुसार दिगोपना, पर्फरमेन्स र कम्फर्टको सही फ्युजन प्रदान गर्दै सिट्रोनले दिगोपन प्रतिको प्रतिबद्धतामा प्रतिनिधित्व गर्दै आइरहेको छ ।

IME Life
kumari