सुजुकीको दसैँ तिहार अफरमा धरानका ग्राहकले जिते १० ग्रामको सुनको सिक्का
काठमाडौं । धरानका राजु रिजालले सुजुकीको तर्फबाट १० ग्राम सुन जितेका छन् । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले दसैँ तिहारका अवसरमा ‘बाँडौँ खुसी चढौँ सुजुकी’ नामक अफर योजना ल्याएको छ ।
अफरअन्तर्गत कम्पनीले प्रत्येक १५ दिन मा देशभरका खरिदकर्तालाई समावेश गरी गरेको लक्की ड्रमार्फत उपहार दिने बताएको थियो ।
सोहीअनुसार सोमबार पहिलो बम्परमा राजु रिजालले १० ग्राम सुनको सिक्का जितेका हुन् । कम्पनीका अनुसार धरानका राजु रिजालले धरानमै रहेको नवदुर्गा अटो प्यालेस बाट एक्सेस १२५ सीसी बीएस ६ खरिद गरेका थिए ।
दसैँ तिहारका अवसरमा सुजुकीले मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँको पक्का छुट र सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँसम्म छुट दिने बताएको छ ।
यस्तै, अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन पाइने र शून्य प्रतिशत फाइनान्सिङको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।
अफर योजना अन्तर्गत कम्पनीले हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १० ग्राम सुनको सिक्का एकजना ग्राहकलाई उपलब्ध गराउने समेत बताएको छ ।