stcnepal long ad
global ime bank long

सारथी लघुवित्तसँग मर्जमा जाने प्रस्ताव पारित गर्न नयाँ नेपालले डाक्यो विशेष सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले असार ८ गते विशेष साधारण सभा बोलाएको छ । सभामा सारथीसँग १ः१ सेयर अनुपातमा मर्जरमा जाने विशेष प्रस्ताव छ ।

संस्थाको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । विशेष साधारण सभा म्याक डोनाल्ड फुड क्याफे रेष्टुरेन्ट एन्ड ब्यांकेट बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।

सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्तबीच आपसमा गाभिने सम्झौता भएसँगै नेप्सेमा नयाँ नेपालको सेयर कारोबार रोक्का छ । सारथी लघुवित्त भने नेप्सेमा सूचीकृत भएको छैन । हाल नयाँ नेपालको चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ छ भने सारथीको चुक्ता पुँजी ११ करोड ४ लाख २५ हजार रुपैयाँ रहेको छ ।

IME Lifesidebar
kumari