citizens life insurance long ad
stcnepal long ad

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। राष्ट्रिय सूचना आयोगले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्नरगराउन सार्वजनिक निकायलाई आह्वान गरेको छ । १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोगले शुभकामना तथा प्रतिबद्धतापत्र जारी गरी सो आह्वान गरेको हो ।

सूचनाको हक सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नरगराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने पत्रमा उल्लेख छ ।

नेपालको संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ ।

नागरिकलाई प्राप्त अधिकारमध्ये सूचनाको हक सबैभन्दा महत्त्वपूर्ण रहेको र यसको प्रयोग दिनानुदिन बढ्दै गएको आयोगको भनाइ छ । सुशासन कायम गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान यसको महत्त्वपूर्ण भूमिका हुने पत्रमा उल्लेख छ ।

आयोगले गत आर्थिक वर्ष २०७९/८० मा ९९ प्रतिशत उजुरी फस्र्योट गरिएको जनाएको छ । गत आवमा आयोगमा एक हजार ६८ पुनरावेदन र छ वटा उजुरी प्राप्त भएको थियो ।

त्यसै गरी आव २०७९/८० मा सूचना उपलब्ध नगराउने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई जरिबाना गरिएको थियो ।

IME Life
kumari