citizens life insurance long ad
stcnepal long ad

नागरिक लगानी कोषको नाफामा सुधार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार कोषले ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७४ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १२.५१ प्रतिशत, सेवा शुल्क तथा कमिशन आम्दानी १०.४९ प्रतिशत, कुल आम्दानी ११.३० प्रतिशत बढेको छ भने कुल खर्च ०.१९ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा कोषको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २२ पैसा घटेर १७ रुपैयाँ ८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२२।३ गुणा रहेको छ।

IME Life
kumari