stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विभागले सिमेन्टको गुणस्तर मापन, मापदण्ड विपरित उत्पादन गरे कारवाही गरिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगिन नदिन सिमेन्टको गुणस्तर मापनलाई तीव्रता दिएको छ ।

सरकारले बन्दाबन्दीको समयमा सामाजिक दूरी राखेर उद्योग चलाउन स्वीकृति दिएसँगै विभागले सिमेन्ट उद्योगमा उत्पादित सिमेन्टको नमूना सङ्कलनलाई तीव्रता दिएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बन्दाबन्दीको समयमा गुणस्तरमा कुनै सम्झौता नहोस् भन्नका लागि देशैभरका सञ्चालित सिमेन्ट उद्योगबाट नमूना सङ्कलन गरेको जानकारी दिए ।

“बन्दाबन्दीको समय पारेर उपभोक्ता गुणस्तरबाट ठगिन सक्ने कुरालाई ध्यानमा राखेर हामीले विभिन्न ठाउँबाट १०० बढी नमूना सङ्कलन गरेका छौँ”, उनले भने ।

विभागले काठमाडौँ उपत्यकामा मात्र विभिन्न १२ वटा हार्डवेयरबाट नमूना सङ्कलन गरेको छ । महानिर्देशक पुडासैनीले विभागले तोकेको मापदण्डभन्दा बाहिर गएर सिमेन्ट उत्पादन गरे कारवाही गरिने स्पष्ट पारे ।

prabhu mahalaxmi
kumari