stcnepal long ad
nabil bank
macchha(MBL)

थप २८८ जना कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । मुलुकमा थप २ सय ८८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ८८ संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ७० पुरुष र १८ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिनु भएको जानकारी अनुसार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्यूठानका १, कञ्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १७, काठमाडौंमा ४ जना, नवलपराी पूर्व १ नवलपरासी पश्चिमका १ नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएका छन् ।

यसैबीच आज मात्र कोरोना संक्रमणबाट निको भइ उपचार पछि ४२ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म नेपालमा कुल २ सय ६६ जना निको भइ घर फर्केका छन् ।

prabhu mahalaxmi
kumari