मोदीको तीन देशको भ्रमण सफल
काठमाडौं । भारतीय प्रधानमन्त्रीको तीन देशको पछिल्लो भ्रमण फलदायी र सफल भएको भारतीय अखवारहरू जनाएका छन। मोदिले जापान, पपुवा न्यू गिनी र अष्ट्रेलियाको भ्रमण गरि दिल्ली फर्किएका थिए।
अष्ट्रेलियामा हिन्दुको मन्दिर तोडफोड घटनामा भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रा हिन्दु तीर्थस्थलहरूमा आक्रमण स्वीकार्य छैन भनी कडा प्रतिक्रिया दिएका छन। गत बिहीबार दिल्लीमा सार्वजनिक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विश्व मेरो कुरा सुन्न उत्सुकु रहेको बताएका थिए।
जब उनले यस्तो मुद्दा उठाउन खोज्छन म तपाईलाई भन्न चाहन्छु कि भारतको संस्कृति र महान परम्पराको बारेमा बोल्दा, दास मानसिकतामा कहिल्यै नडुब्नुहोस, साहसका साथ बोल्नुहोस । संसार सुन्न उत्सुक छ ।
यसअघि प्रधानमन्त्री मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको तीन देशको भ्रमण पूरा गरी साउन ४ गते बिहान दिल्लीको पालम विमानस्थलमा आइपुगेका थिए।
भ्रमणको समापन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन– आज विश्वले भारत के सोचिरहेको छ भन्ने जान्न चाहन्छ । यहाँका मानिसहरूले मलाई संसारलाई खोप किन दिएँ भनेर सोधे।
म भन्न चाहन्छु यो बुद्ध, गान्धीको भूमि हो। हामी हाम्रा शत्रुहरूको पनि ख्याल राख्छौं। आज विश्वले भारत के सोचिरहेको छ भनेर जान्न चाहन्छ।
उनले विश्वमा भारतको बढ्दो कद र विश्वव्यापी रूपमा यसलाई कसरी सम्मान गरिँदैछ भन्ने बारेमा पनि कुरा गरेका छन। यो विश्वास पूर्ण बहुमतबाट आएको बताएका छन ।
आफ्नो सरकारमा विश्वास गरेकोमा जनतालाई धन्यवाद दिएका छन। जब म आफ्नो देशको संस्कृतिको कुरा गर्छु, म विश्वको आँखामा हेर्छु। देशमा पूर्ण बहुमतको सरकार बनाएकाले यो विश्वास आएको हो । यहाँ आएकाहरू भारतलाई माया गर्ने मानिसहरू हुन्, मोदीलाई होइन उनले भनेका छन।
भारतका प्रधानमन्त्रीलाई स्वदेश फर्किदा गत साउन ४ बिहान विमानस्थलमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र पार्टीका सदस्यहरूले माल्यार्पण गरि स्वागत गरेका थिए। प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै बीजेपी राष्ट्रिय अध्यक्षले नड्डाले भनेका थिए।
विश्वले तपाईको शासन मोडेलको प्रशंसा गर्छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले तपाईको अटोग्राफ मागे, यसले तपाईको नेतृत्वमा विश्वले भारतलाई कसरी हेरिरहेको छ भन्ने देखाउँछ।
पपुवा न्यू गिनीका प्रधानमन्त्रीले तपाईको खुट्टा छुने तरिकाले तपाईलाई त्यहाँ कति सम्मान छ भन्ने देखाउँछ। हाम्रा प्रधानमन्त्रीलाई यसरी स्वागत गरिएको देख्दा भारतका जनताले गर्व महसुस गर्छन्। भारतीय जनता पार्टीका कार्यकर्ता र समर्थकहरू पनि पालम एयरपोर्ट बाहिर प्रधानमन्त्री मोदीको भव्य स्वागत गरेका थिए।
प्रधानमन्त्री मोदीले पपुवा न्यू गिनीमा पुस्तक थिरुक्कुरलु को टोक पिसिन अनुवादको विमोचनको बारेमा थप कुरा गरेका थिए। उनले त्यहाँ भनेका थिए तमिल भाषा हाम्रो भाषा हो। यो हरेक भारतीयको भाषा हो।
यो संसारको सबैभन्दा पुरानो भाषा हो। मैले पपुवा न्यू गिनीमा पुस्तक ‘थिरुक्कुरल’ को टोक पिसिन अनुवाद विमोचन गर्ने अवसर पाएँ। अमेरिका अष्ट्रेलिया र पपुवा न्यू गिनीको भ्रमणबाट भारतीय प्रधानमन्त्री निकै सन्तुष्ट देखिएका छन। भारतको समृद्वि र विकासका यी देशको भ्रमण सफल भएको मोदीले बताएका छन।























