citizens life insurance long ad
stcnepal long ad

नेपाल एसबिआई बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल एसबीआई बैंकले शुक्रबार ३० औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । साथसाथै उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरे ।

प्रमुख संचालन अधिकृत यादवेन्द्र कांतले सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे । यसका साथै उक्त अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम समेत गरिएको बैंकले जनाएको छ ।

IME Life
kumari