citizens life insurance long ad
stcnepal long ad

मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक आज संसद्‌मा पेस गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं मिटरब्याज पीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक संसद्‌मा अघि बढ्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकलाई अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नपोल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०’लाई पेस गर्ने, दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक विचाराधीन रहेकाले सम्भावित कार्यसूचीमा राखिएको जानकारी दिनुभयो ।

राष्ट्रियसभाबाट असार १५ मा पारित मिटरब्याज सम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेर प्रतिनिधिसभामै रहेको छ ।

संविधानअनुसार अध्यादेश निष्क्रिय भएपनि विधेयक यथावत् रहेको भन्दै प्रतिनिधिसभाको बैठकमा यो विधेयक पारित गर्न कार्यसूचीमा राखिएको हो । सो विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गर्ने प्रयास भएको थियो ।

तर प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले गरेको अवरोधले संसद् बैठकको कारबाही अघि बढ्न नसकेपछि विधेयक पास हुन सकेको थिएन । सरकारले अध्यादेश ल्याएर मिटरब्याजपीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनको हिजो बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १८ मा दिएको अभिव्यक्तिबारे संसदमा प्रष्ट पार्ने निर्णय गरेको थियो ।

IME Life
kumari