citizens life insurance long ad
stcnepal long ad

जार तथा बोतलको पानीको कारोबार व्यवस्थित गरिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार तथा बोतलको पानीको कारोबार गर्दा व्यवसाय दर्ता वा नवीकरण गरी बिलबीजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ ।

विभागले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक विभागमा व्यवसाय दर्ता नभएका र बिलबीजक जारी नगर्ने व्यवसायी फर्मले बोतल तथा जारको पानी बिक्री वितरण र ढुवानी गरेको भन्ने गुनासो आएकाले यस विषयमा व्यवसायलाई निर्देशन दिएको हो ।

विभागका निर्देशक होमनाथ भट्टराईले जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानीको उत्पादन, ढुवानी एवं बिक्रीवितरणका क्रममा संलग्न रहने उत्पादनकर्ता, ढुवानीकर्ता एवं बिक्रेता सबैले उपभोक्ता संरक्षण  ऐन २०७५ बमोजिम आआफ्नो व्यवसाय सञ्चालन गर्न निर्देशन दिनुभयो ।

उहाँले दर्ता नगरी सञ्चालन गरेको कम्पनी वा व्यवसायी फर्मका बारेमा अनुगमन भइरहेको र त्यस्ता भेटिएमा कानुन अनुसार हदैसम्मको कारबाही हुने जानकारी दिनुभयो ।

साथै विभागले विज्ञप्ति मार्फत उपभोग गर्ने पानी खरिद गर्दा लेबल हेरेर आफूले पिउने पानी कहाँ कसले उत्पादन गरेको हो त्यसको सुरक्षित ढुवानी तथा ओसारपसार र भण्डारण भए वा नभएको र जारको गुणस्तर राम्रो भए वा नभएको यकिन गरेर मात्रै खरिद गर्न आमउपभोक्तालाई आग्रह गरेको छ ।

IME Life
kumari