citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंक र इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) बीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक र इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्टसँग सम्झौता गरी छुटको व्यवस्था गरेको हो ।

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिटरक्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने बैंकले जनाएको छ ।

बैंकले रेष्टुरेन्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको पनि जनाएको छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको उल्लेख गरेको छ।

हालसम्म बैंकले देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२२ वटा एटिएमहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Life
kumari