citizens life insurance long ad
stcnepal long ad

आज जेठ २२ गते राष्ट्रिय बिमा संस्थानको विशेष साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज जेठ २२ गते राष्ट्रिय बिमा संस्थानको विशेष साधारण सभा बस्दैछ । सभा संस्थानको प्रधान कार्यालय, रामशाह पथ, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले नेपाल बिमा प्राधिकरणको निर्देशन बमोजिम नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल बैंकले आफ्नो लगानीको हिस्सा बापत हकप्रद सेयर मार्फत थप गर्नुपर्ने पुँजी वृद्धि गर्न आह्वान गर्ने प्रस्ताव पेश गर्नेछ ।

हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रहेको छ । नेपाल बिमा प्राधिकरणको हालको व्यवस्था अनुसार यस कम्पनीलाई असार मसान्तसम्म ५ अर्ब चुक्ता पुँजी कायम गर्नुपर्ने अवस्था छ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयबाट लेखा परीक्षक सी ए राजकुमार शिवाकोटीलाई नियुक्तका लागि परामर्श प्राप्त भएकाले उक्त आर्थिक वर्षको लेखापरीक्षक नियुक्त र नीजको पारीश्रमिक तय गर्ने प्रस्ताव पनि छ ।

IME Life
kumari