sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

प्रभु बैंकले लक्जेम्बर्गबाट ल्यायो ५० लाख डलर ऋण, विद्युतीय सवारीमा लगानी गर्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एस.ए. बाट ५० लाख डलर ऋण लिएको छ । बैंकले विद्युतीय सवारीसाधनमा लगानी गर्न भन्दै ५० ऋण लिएको हो ।

विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न चार वर्षे अवधिका लागि ५० लाख डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ ।

उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी साधनहरू खरीद तथा आयातमा खर्च गर्ने बैंकको योजना छ ।

‘यो रकम विद्युतीय गाडि आयात र त्यसको फाइनान्समा खर्च हुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘अन्य एजेन्सीसँग पनि वित्तीय स्रोतको रूपमा ऋण ल्याउनेगरी छलफल भइरहेको छ ।’

प्रभु बैंकले वैकल्पिक ऊर्जा व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको जनाएको छ । निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने बैंकको विश्वास छ ।

 

gold
kumari bank
nawakantipur long