citizens life insurance long ad
stcnepal long ad

स्वास्थ्यमा महानिर्देशक फेरिए

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माेहन बहादुर बस्नेत मन्त्री हुने बित्तिकै प्रशासनिक सुधार र हेरफेरका काम हुन थालेकाे छ।

मन्त्री बस्नेतले चिकित्सा विज्ञान अध्ययन संस्थान वीर अस्पतालकाे निमित्त उपकुलपतिमा भूपेन्द्रबहादुर बस्नेतलाई नियुक्ति गरेका थिए। त्यस्तै वीर अस्पतालकाे भ्रमण गरि अस्पतालकाे क्षमता सुधार र बेड थप गर्न निर्देशन दिएका थिए।

ठुला सरकारी अस्पतालहरूमा थन्किएर रहेका यन्त्र उपकरणहरू काठमाडौं उपत्यका बाहिरका अस्पतालहरूमा पठाउने पनि निर्देशन दिएका छन।

यसैगरि यसैसाता मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण प्रसाद ढकाललाई नियुक्त गरेका छन्। विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा सरूवा गरेका छन ।

मन्त्रिस्तरीय निर्णयबाट स्वास्थ्य मन्त्रालय अन्तर्गतका नौं उच्च अधिकारीहरुको जिम्‍मेवारी हेरफेर गरेका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा.बद्री रिजाल, ट्रमा सेन्टरका मेसु डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास स्वास्थ्य मन्त्रालयमा सरूवा गरिएकाे छ ।

यस्तै राष्ट्रिय तालिम केन्द्रमा डा.अनुज भट्टचन,तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालय,परोपराकार प्रसुति तथा स्त्री रोग अस्पतालमा डा. श्री अधिकारी र परोपकार प्रसुतिका निर्देशक डा. पवनजंग रायामाझीलाई मन्त्रालयमा सरूवा गरिएकाे छ।

IME Life
kumari