citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीमा सहमति

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानी सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गरेका छन् । एनपिसिआई भारतको केन्द्रीय बैंकले स्थापना गरेको संस्था हो ।

उक्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपाली नागरिकहरूलाई सहज हुनेछ । सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ ।

सो अवसरमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले महत्वपूर्ण सहमति भएकोे जानकारी दिएका छन ।

प्रधानले यसप्रकारको सम्झौताले विद्युतीय भुक्तानीका लागि सहज हुने बताउदै नेपाल र भारतका नागरिकले यसबाट ठूलो लाभ प्राप्त लिन सक्ने विश्वास व्यक्त गरेका छन । यसअघि कार्डबाट हुँदै आएको भुक्तानी अब भने क्यूआर कोड स्क्यानमार्फत हुने भएको छ ।

भारतमा विभिन्न प्रयोजनका लागि जाने नेपालीले भोग्दै आएको भुक्तानीको समस्या अब समाधान हुने भएको छ।

नेपाल राष्ट्र बैंककोे लगानीमा स्थापित नेपाल क्लियरिङ हाउस र भारतीय समकक्षीबीचको सहमतिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप भरपर्दो र विश्वासिलो बनाएको प्रधानले बताएका छन् ।

himalayan life insurance
igi long