citizens life insurance long ad
stcnepal long ad

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ ।

कम्पनीले बैशाख ११ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता आइपीओ विक्री खुला गरेको थियो ।

तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ७ हजार ३८७ जना आवेदकलाई सम्पूर्ण कित्ता आइपीओ जेठ १६ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा समेत आइपीओ विक्री गरेको थियो ।

स्थानीयमा भने कम्पनीले वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म आईपीओ विक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको ४ लाख ९२ हजार ५०० कित्ता आइपीओ भने बाँडफाँड गर्न बाँकी छ ।

स्थानीयमा समेत बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणमा आइपीओ विक्री गर्नेछ । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

IME Life
kumari