नेपाल राष्ट्र बैंकले कल निक्षेप र संस्थागत मुद्दति निक्षेपको ब्याजदरमा गर्यो कडाई
आर्थिक सञ्जाल
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कल निक्षेप र संस्थागत मुद्दति निक्षेपमा कडाई गरेको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले कल निक्षेप र संस्थागत मुद्दति निक्षेपमा तोकिएको न्यूनतम भन्दा धेरै ब्याज दिन नपाउने व्यवस्था गरेको हो । अर्थात बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदर भन्दा बढी ब्याज यस्ता खातामा दिन पाइने छैन ।
राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ मा व्यवस्था गरिएका बुँदामा संशोधन गर्दै नयाँ प्रावधान लागू गरेको हो । साथै, यस्ता खाताहरुमा चेक समेत जारी गर्न नपाउने केन्द्रीय बैंकले बताएको छ ।
कल र संस्थागत मुद्दति बाहेकका निक्षेपमा भने न्यूनतम ब्याजदरमा ०.५% सम्म बढी ब्याज दिन पाउने व्यवस्था कायम नै रहेको केन्द्रीय बैंकको भनाई छ ।
























