sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । दैलेखमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार राति प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक संक्रमित हुनेमा नारायण नगरपालिका ४ का १ वर्षीय बालक र २० वर्षीया आमा छन् । यस्तै अन्य संक्रमितको सोही नगरपालिका वडा नम्बर १ का २६, वडा नम्बर ३ का १९, ३०, ३८, ४० र वडा नम्बर ५ का १७ पुरुष छन् ।

बालक सहित संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । संक्रमित सबैजना केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए ।

बुधबारमात्रै सुर्खेतको चौकुने गाउँपालिकामा पनि २ वर्षे बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो समेत गरी कर्णालीमा कारोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ पुगेको छ ।

gold
nawakantipur long