citizens life insurance long ad
stcnepal long ad

एसएमई प्लेटफर्म नियमावली स्वीकृतका लागि अर्थ मन्त्रालयमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०८० स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले जेठ ७ गते उक्त नियमावली स्वीकृतिका लागि अर्थमा पेश गरेको हो । ‘्बोर्ड प्रवक्ता मुक्तिनाथ श्रेष्ठले चैतमै तयार नियमावलीको मस्यौदामा केही बुँदा थप गरी स्वीकृतिका लागि अर्थमा पेश गरेको जानकारी दिए ।

उनका अनुसार जेठ ४ गतेको बोर्ड बैठकले नियमावली स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको थियो ।

बोर्डले यसै आर्थिक वर्ष ९आव० भित्र साना तथा मझौता संगठित संस्थाको मात्र कारोबार हुने प्रणाली ९एसएमई प्लेटफर्म० सञ्चालनका लागि नियमावली बनाएको हो।

अर्थबाट समयमै स्वीकृत भए धितोपत्रको दोस्रो बजार सञ्चालक नेप्सेसँगको समन्वयमा यसै आवभित्र एसएमईज प्लेटफर्म सञ्चालन गर्ने बोर्डको लक्ष्य रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बोर्डले साना तथा मझौला संगठित संस्थाको कारोबारसम्बन्धी धितोपत्र निष्कासन तथा नियमावली, २०५० को मस्यौदामा सरोकारवालाको सुझावका आधारमा केही बुँदा थपेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनीले अन्डरराइटिङ गर्नुपर्ने व्यवस्था थपिएको छ ।

यसअघि प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीको हकमा पछिल्लो ३ वर्षसम्म नाफामा रहेको, प्रतिशेयर चुक्ता पूँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको र औसतभन्दा माथिल्लो क्रेडिट रेटिङको शर्त मात्र समावेश रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

IME Life
kumari