stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघंले ईलाम जिल्लामा पि.पि.ई (PPE) तथा माक्र्स वितरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

काठमाडौँ  । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघंले जिल्ला प्रशासन कार्यलय, ईलामको सिडिओ  तुलसी राम सेडाई र सशस्त्र पहरी उपरीक्षक  रोसन श्रेष्ठलाई महासंघको १ नं प्रदेश कमिटीको संयोजक विशन शाक्य, कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा ५००० (पाँच हजार) थान माक्र्स र २० थान पिपिई (एएभ्) हस्तान्तरण गर्नु भयो ।
अहिलेको विषम परिस्थितिमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) र माक्स सहयोग गर्नुभएकोमा महासंघलाई सिडिओ  तुलसी राम सेडाईले कृतज्ञता ब्यक्त गर्दै विशेष धन्यवाद दिनुभएको छ ।

उहाँले यो पिपिई र माक्र्स ईलामका सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकहरूलाई प्रदान गर्ने जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी उपरिक्षक  रोसन श्रेष्ठले महासंघले काठमाडौबाट अहिले महामारी को अवस्थामा ईलाम जिल्ला का लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएकोमा खुशी ब्यक्त गर्दै महासंघ र १ नं प्रदेश कमिटीलाई विशेष धन्यवाद दिनुभएको छ ।
महासंघको १ नं प्रदेश कमिटीका संयोजक  बिशन शाक्यले महासंघले सामाजिक दायित्व अन्तर्गत यस अगाडि पनि धरान वि.पि कोईराला स्वास्थ प्रतिष्ठानको लागि धरान महानगरपालिकामा र मोरङ जिल्ला बिराटनगरको कोशी अस्पतालको लागि माक्र्स र पिपिई प्रदान गरिएको जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari