citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेकपा एमालेले संघीयताका विषयमा पुनर्विचार नहुने स्पष्ट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेकपा एमालेले संघीयताका विषयमा पुनर्विचार नहुने बताएको छ । संघीय संरचना मुलुकले धान्न नसक्ने भन्दै केहि सदस्यहरुले त्यसको विकल्पका बारेमा छलफल गर्न प्रस्ताव गरेका थिए ।

तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयतामाथि पुनर्विचार हुन नसक्ने स्पष्ट पार्नुभयो ।

बैठकले शरणार्थी प्रकरण सहित भ्रष्टाचारका सवै काण्डहरुको निष्पक्षतापूर्वक छानविन हुनुपर्ने, राष्ट्रघाती नीति र कदमहरुलाई रोक्नुपर्ने लगाएत विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो ।

एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि वार्षिक कार्ययोजना समेत तयार पारेको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख गुरुङले स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको जानकारी दिनुभयो ।

मिसन ग्रासरुट अभियानको नौवटै प्रदेशको समीक्षा प्रतिवेदनको आधारमा वार्षिक कार्ययोजना तयार पारेको हो । वार्षिक योजनाअनुसार पार्टीले पार्टी सदस्यता शुद्धीकरण र विस्तारको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

himalayan life insurance
igi long