citizens life insurance long ad

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२३ सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२३ को सफलतापूर्वक आयोजना गरेको छ, जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (SONA)  र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (IDEA Nepal) लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।

एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पु¥याउँदै आएको छ ।

यस कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड) हरू पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।

बैशाख २७ गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२३ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गर्नुभएको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख (कन्ट्री हेड) जी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गर्नुभएको थियो, जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा एसियन पेन्ट्स ग्लोबलका ब्रांड प्रबंधक मारिशा रेगो डिसूजाले यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड) हरू घोषणा गर्नुभयो ।

  • GOTHILICIOUS,
  • SLEEP SENSE
  • EDGE OF FOREST
  • SHROOM

र  आर्किटेक्ट  माधव  रमनले कलर अफ द इयर क्ष्खिभच भ्कअबउबमभ को बारेमा प्रस्तुत गर्नुभयो ।

 

IME Life
kumari