नेपाल राष्ट्र बैंकले वैशाख १७ गतेदखि वैदेशिक रोजगार बचतपत्र २०८५ विक्री गर्ने
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख १७ गतेदखि वैदेशिक रोजगार बचतपत्र २०८५ विक्री गर्ने भएको छ । बैंकले पाँच वर्षे अवधिको ११ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र जेठ २४ गतेसम्म विक्री गर्ने जनाएका छन् ।
बैंकले ९७ करोड ७५ लाख ७० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र विक्री गर्न लागेको जनाएको । यस बचतपत्र खरीदकर्तालाई ६ ६ महिनामा ब्याज भुक्तानी गर्ने जनाएको छ ।
सीमा घटीमा १० हजार र बढीमा १० हजारले माग गर्दा निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन् । यस बचतपत्रको साँवा भुक्तानी मिति भने २०८५ साल जेठ २४ गतेको मिति तय गरेको छ ।
यस बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबा कर्जा लिन पाउने सुविधाको व्यवस्था गरेको छ । इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका अनलाईन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
यसका अतिरित्त बैंकको वेवसाईट बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफुलाई पायक पर्ने विक्री एजेन्डको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा अनलाईन फर्म भर्न सकिने छ ।
























