आज एनआइसी एसिया लघुवित्तको वार्षिक साधारण सभा
लाभांश प्रस्ताव पारित हुँदै
काठमाडौं । एनआइसी एसिया लघुवित्तको वार्षिक साधारण सभा आज वैशाख १० गते आइतबार बस्दैछ । साधारण सभा होटल गजुर, मोटेपुल धरानमा बिहान ९ बजे सुरु हुनेछ ।
साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई करसहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदैछ । यस्तै, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १ गतेदेखि बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत ३० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।























