stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बैंकको नाफा करिब १३ प्रतिशतले घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौैं । माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ गरेको थियो ।

गत आ.व.को सोही त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५ प्रतिशतले घटेको छ ।

यस्तै, बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा स्थीर छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कुल निक्षेप १ खर्ब ४१ अर्ब र १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको थियो ।

बैंकको यो अवधिमा २.५ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८२ प्रतिशत कायम भएको छ । यस्तै, गत आवको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.८७ प्रतिशत र सीडी रेसियो ८९.१३ प्रतिशत थियो ।

IME Lifesidebar
kumari