stcnepal long ad
global ime bank long

एनआइसी एशिया बैंकको नाफा ११.३८ प्रतिशतले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एशिया बैंकले चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा ११.३८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैया रहेको थियो । चैत मसान्तसम्म वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएको छ । बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशतले बढेर ९ अर्ब २१ करोड ७० लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन नाफा १३.१० प्रतिशतले बढेर ५ अर्ब ७८ करोड ३१ लाख १० हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ ।

IME Lifesidebar
kumari