stcnepal long ad
global ime bank long

कुमारी बैंकको नाफा बढ्यो, कति छ इपीएस ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८२ करोड २१६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ०.९७ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा भने ९९.६६ प्रतिशतले घटेर २८ लाख ८६ हजार रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने २२।८२५ ले घटेको छ । कुमारी बैंकको निक्षेप संकलन ७१.५७ प्रतिशत र कर्जा लगानी ८०.८१ प्रतिशतले वृद्धि भएको छ ।

यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०९ पैसाले घटेर ९ रुपैयाँ २५ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा छ ।

IME Lifesidebar
kumari